सुशान्तले आत्महत्या गर्नुपूर्व कसलाई गरेका थिए फोन?

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनले हर कोहि स्तब्ध भएका छन् । उनको आत्महत्याको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

यस केसमा पुलिसले सुशान्तसँगको रिलेसनमा रहेका मानिसहरुमा सोधपुछ गरिरहेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनले आत्महत्या गर्नुभन्दा केहि समय अगाडि आफ्ना साथी महेश शेट्टीलाई फोन गरेका थिए । तर महेशले फोन उठाउन सकेनन् ।



अहिले भने महेशले सुशान्तलाई याद गर्दै एक भावुक पोस्ट शेयर गरेका छन् । उनी सुशान्तको एकदमै नजिकको साथी थिए । महेशले उनलाई सम्झिँदै लेखेका छन्, ‘यो एकदमै अनौठो छ, म भन्न सकिरहेको छैन, सुशान्त र म भाईजस्तै थियौँ । उसको मिहेनतलाई देखेर हामीलाई गर्व हन्थ्यो । मलाई थाहा छ तिमीलाई तारा किन मन पर्दथ्यो, म अब तिमीलाई तिनै तारामा हेर्नेछु ।’

https://www.instagram.com/p/CBlHRZQFBeC/

सम्बन्धित समाचार