डिस्चार्ज भएका ७ जनामा पुन: कोरोना संक्रमण, होम क्वारेन्टिनमै बस्न आग्रह

पश्चिम नवलपरासीमा डिस्चार्ज भएका ७ जनामा पुनः कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको पाल्हीनन्दन गाउँपालिका ४ स्थित पाल्ही स्वास्थय केन्द्रको आइसोलेशनबाट डिस्चार्ज भएका ९ जना मध्ये ७ जनामा पुनः कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

आइसोलेशनमा बसेर १४ दिन पुरा गरेको र कुनै लक्षण नभेटिएका उनीहरुमा कोरोना पोजेटिभ देखिएका मध्ये विहीवार ७ र आज शुक्रबार २ जना घर पठाइएको थियो । तर ती मध्ये ७ जनामा पनुः कोरोना पोजेटिभ देखिएको कार्यालयले जनाएको छ ।



आइसोलेनमा बसेर १४ दिन पुरा गरेपछि उनीहरुको पुनः पीसीआर परीक्षणका लागि स्वाब नुमना संकलन गरि परिक्षणका लागि पठाइएको थियो । तर, रिपोर्ट आउन ढिलोभएपछि उनीहरुलाई हिजो र आज स–सम्मान घर पठाइएको थियो ।

उनीहरुलाई घर पठाइएपछि मात्र आज दिउँसो उनीहरु मध्ये ७ जनाको रिपार्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको हो । पुनः कोरोना पोजेटिभ देखिएका सातै जना पाल्हीनन्दन गाउँपालिकाकै बासिन्दा हुन् । उनीहरु भारतबाट आएका थिए । उनीहरुमा लक्ष्ण नदेखिएकाले उनीहरुलाई होम क्वारेन्टिनमै बस्न आग्रह गरिएको छ ।

सम्बन्धित समाचार