एमसीसीबारे सहमति खोज्न नेकपा सचिवालय बस्दै

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ः०० बजे बस्ने गरी बैठक तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

बैठकमा यही असार १० र ११ गते बस्ने नेकपाको स्थायी कमिटी बैठकको तयारी, संसदीय समितिमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकका विवादित विषय, संसद्मा दर्ता भएको अमेरिकी सहायता परियोजना (एमसीसी) अनुमोदनको प्रस्ताव आदि विषयमा छलफल हुने जनाइएको छ ।



असार १० काे स्थायी समितिको बैठकले एमसीसीबारे निर्णय लिने नेकपाको तयारी छ ।

सम्बन्धित समाचार