सुशान्तको आत्महत्याको खबरपछि ५ जना फ्यानले प्राण त्यागे

अत्याधिक रुचाईएका बलिउड कलाकार सुशान्‍त सिंह राजपुतको आत्महत्यापछि भारतमा हालसम्म ५ जनाले आत्महत्या गरेका छन् ।

पछिल्लो दिन उत्तर प्रदेशमा एक ११ वर्षीय बालकले सुशान्तका नाममा आत्महत्या गरेसँगै उनको लागि प्राण त्याग्नेहरुको संख्या ५ पुगेको छ । यसअघि विशाखापट्टनम र अंडमानमा दुई जना महिलाले आत्महत्या गरिसकेका छन् । विशाखापट्टनममा २१ वर्षीय महिला र अंडमानस्थित पोर्ट ब्लेयरमा १५ वर्षीया किशोरीले आत्महत्या गरेका थिए ।



त्यसैगरी उत्तर प्रदेशको बरेली एक विद्यार्थीले ‘जब सुशान्त सिंह राजपूत आत्महत्या गर्न सक्छन् भने मैले पनि गर्न सक्छु’ भन्दै आत्महत्या गरेका थिए । त्यसैगरी पटनामा १७ वर्षीया किशोरीले सुशान्तको मृत्युको खबरपछि आत्महत्या गरेकी थिईन् । कक्षा १० को खराब रिजल्टका कारण डिप्रेशनमा परेकी उनी सुशान्तको मृत्युपछि विरक्तिएकी थिईन् ।

सुशान्तको अप्रत्याशित आत्महत्या खबरले मर्माहत भएका उनीहरुले आत्महत्या गरेको भारतिय सञ्चारमाध्यमले जनाएका छन् ।

अझ पछिल्लो पटक आत्महत्या गरेका बालकको उमेर जम्मा ११ छ । उनले आमाको सल प्रयोग गरेर झुण्डिएर आत्महत्या गरेका हुन् । उनको परिवारका अनुसार उत्तर प्रदेशको हापुड जिल्लामा सुशान्तको मृत्युपछि उनी निकै पीडामा रहेका थिए ।

सम्बन्धित समाचार