नकारात्मकताबाट टाढा रहन भन्दै सोनाक्षीले गरिन् ट्विटर ह्यान्डल निस्क्रिय

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले अन्ततः सामाजिक मिडियामा हुने ट्रोलबाट टाढा रहन् भन्दै ट्विटर ह्यान्डल निष्क्रिय गरेकी छन् भने इन्स्टाग्राममा कमेन्ट गर्न नमिल्ने बनाएकी छन् । उनले अकाउन्ट निस्क्रिय गर्न लागेको जानकारी दिँदै अन्तिम ट्विट गर्दै लेखेका छन्, ‘तपाईंको विवेकको रक्षा गर्न पहिलो कदम नकारात्मकबताबाट टाढा रहनु हो, र आजको दिनमा त्यो भनेको ट्विटर नै हो ।’ अन्तिममा उनले शान्तिको सिम्बोल पनि प्रयोग गरेकी छन् ।

इन्स्टाग्राममा उक्त ट्विट सयेर गर्दै सोनाक्षीले क्याप्सनमा लेखेकी छिन्, “आग लगे बस्ती मे, मैं अपनी मस्ति मे ।” साथै उनले इन्स्टाग्रामको पोस्टमा कमेन्ट पनि गर्न नमिल्ने बनाएकी छन् ।



पछिल्लो समय सुशान्तको आत्महत्याले सामाजिक सञ्जाल ट्विटर तातिएको छ । केही निर्देशक तथा स्टारकिडहरुले गर्दा सुशान्त लगायत बलिउडभन्दा बाहिरबाट आएका अन्य कलाकारहरुलाई स्थान नदिएको भन्दै ट्रोल भइरहेका छन् । जसमा सोनाक्षी पनि परेकी छन् ।

यसअघि पनि सोनाक्षी थुप्रै पटक ट्रोलको सिकार भइसकेकी छन् ।

सम्बन्धित समाचार