कोरोनाबाट विश्वभर ४ लाख ७० हजारको ज्यान गयो, ९० लाख संक्रमित

कोरोना भाइरसको संक्रमणबाट विश्वभर ९० लाखभन्दा बढी संक्रमित भएका छन् । सोमबार बिहान यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ३० हजार २५४ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ९० लाख ४४ हजार ५८१ पुगेको छ । विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ हजार ३३८ छ । योसँगै मृत्यु हुनेको संख्या ४ लाख ७० हजार ६६५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ४८ लाख ३७ हजार ९५२ पुगेको छ भने ३७ लाख ३५ हजारभन्दा बढीको उपचार भइरहेको छ ।



कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ८७ हजार ६२६ जनाको मृत्यु भएको छ । २३ लाख १० हजार ९६१ जना संक्रमित भएकोमा १२ लाख ५८ हजार ३८५ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ५३ हजार ९४४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २७ लाख २९ हजार २०५ पुगेको छ । त्यसमध्ये १२ लाख १७ हजार ८६४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ४८ हजार २५६ जनाको मृत्यु भएको छ । १९ लाख ८२४ जना संक्रमित भएकोमा १२ लाख ४ हजार २९२ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा ७१ हजार ४९१ जनाको मृत्यु भएको छ । १७ लाख ७८ हजार ८६५ संक्रमित भएकोमा ९ लाख ५९ हजार ५५८ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ८ हजार १४८ जनाको ज्यान गएको छ भने ३ लाख ९ हजार १५३ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ४८ हजार ८२७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ९ हजार ७९ जना संक्रमित भएकोमा ८ हजार ४८५ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा भने ९ हजार २६ जनामा संक्रमण देखिएकोमा २३ जनाको निधन भैसकेको छ । १ हजार ७७२ जना भने उपचारपछि निको भएका छन् ।

सम्बन्धित समाचार