स्वाट्टै घटे आलिया र करणका फलोअर्स

बलिउडमा अभिनेता सुशान्त सिंह राजपुतको निधनसँग फेरि चर्चामा आएको आफन्तवाद (नेपोटिजम) को चर्चाका कारण स्थापित चलचित्र घरानाका व्यक्ति आलोचनाको केन्द्रमा आएका छन् ।

सामाजिक सञ्जालमा स्थापित निर्माता करण जौहर तथा अभिनेत्री आलिया भट्टसहितको तीव्र आलोचना भइरहेको छ । त्यसको प्रभाव उनीहरुको सामाजिक सञ्जालमा पनि देखिएको छ । लाखौँको संख्यामा उनीहरुका फलोअर्स घटेका छन् ।



सुशान्तको निधनपछि निर्माता करण जौहरले इन्स्टाग्राममा पाँच लाख भन्दा बढी फलोअर्स गुमाएका छन् । इन्स्टाग्राममा उनका एक करोड १० लाख भन्दा बढी फलोअर्स थिए । तर सुशान्तको निधनपछि घटेर एक करोड पाँच लाखको हाराहारीमा आएको छ ।

यस्तै आलिया भट्टले इन्स्टाग्राममा १५ लाख फलोअर्स गुमाएकी छन् । सुशान्तको निधन अघि इन्स्टाग्राममा उनका चार करोड ८८ लाख भन्दा बढी फलोअर्स थिए । हाल घटेर चार करोड ७३ लाख भएका छन् ।

हालै एउटा ट्वीटका कारण अभिनेत्री सोनम कपूर पनि आलोचनाको केन्द्रमा आएकी छन् ।

सम्बन्धित समाचार