
पाकिस्तानी सेनाको आक्रमणबाट भारतीय गोर्खा आर्मीमा कार्यरत एक नेपालीको मृत्यु भएको छ । पाकिस्तानी सेनाको आक्रमणबाट भारतीय सेनाको ३/५ जीआरमा कार्यरत गुल्मी छत्रकोट-५, खज्र्याङका दिपक कार्कीको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।
सोमबार बिहान ५:३० बजे वास्तविक सीमा रेखा (एलएसी)को सुरक्षामा खटिएका उनको पाकिस्तानले अन्तर्राष्ट्रिय नियम उल्लंघन गर्दै गरेकोले आक्रमणमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खज्र्याङका शालिकराम कार्कीका छोरा दिपक ३/५ गोर्खा राइफलमा हवल्दार पदमा कार्यरत थिए ।
ज्यान गुमाउने उनका दुई छोरी, एक छोरा र श्रीमती छन् । भारत र पाकिस्तानको सीमा क्षेत्रमा खटिएका कार्कीको मृत्युले खज्र्याङको सिंगो गाउँ शोकमा डुबेको छ ।
