सुदूरपश्चिममा थप एक सय १६ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा मङ्गलबार थप एक सय १६ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ४९ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा ६७ जना गरी थप एक सय १६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार दुई सय ७७ पुगेको छ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएकाहरुमध्ये कैलालीका ४६ जना, बझाङ, बाजुरा र कञ्चनपुरका एक–एक जना रहेका छन् ।



त्यसैगरी स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा बाजुराका २० जना, बझाङका १९ जना, कैलाली १६ जना, कञ्चनपुरका ९ जना, अछामका २ जना र डडेल्धुराका १ जनामा कोरोना पुष्टि भएको हो । अहिलेसम्म संक्रमण पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय ६५ जना निको भएर घर फर्किसकेका छन् ।

सम्बन्धित समाचार