गण्डकी प्रदेशमा मंगलबार साँझ थपिए १०४ संक्रमित

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६९७ पुगेको छ । मंगलबार साँझ ८ जिल्लामा थप १०४ जना संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा संक्रमित संख्या ६९७ पुगेको हो ।

थप संक्रमितहरुमा पर्वतमा २१ जना, स्याङ्जामा १३ जना, नवलपरासी पूर्वमा २१ जना, कास्कीमा ७ जना, बाग्लुङमा ६ जना, गोरखामा १८ जना, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा १७ जना र तनहुँका १ जना रहेका छन् ।



सम्पूर्ण संक्रमितहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

सम्बन्धित समाचार