सुशान्त भन्दा पहिले कुन बलिउड हिरो धोनीको बायोपिकामा काम गर्न थिए उत्सुक

अक्षयकुमार तथा निर्देशक निरज पाण्डेको खुवै मिल्ने साथी हुन् । ‘बेबी’, ‘स्पेशल २६’ जस्ता चर्चित चलचित्रमा दुवैले एकसाथ काम गरे । जब निरज महेद्र सिंह धोनीबारे फिल्म एम एस धोनीः द अनटोल्ड स्टोरी को तयारीमा थिए । त्यो कुरा अक्षयकुमारलाई थाहा भयो ।

अक्षयले आफू फिल्ममा काम गर्न तयार रहेको बताएका थिए । तर, निरजले अस्वीकार गरेका थिए । अक्षयको उमेरका कारण उक्त चलचित्रमा खेल्न पाएनन् । निरजले अक्षयलाई टीनएजवाला भागमा मिसफिट लाग्ने कुरा बताए । त्यसपछि अक्षयले फिल्मबाट साइड लागे ।



निरजले सुशान्तसिंह राजपूतसँग यो चलचित्रका लागि सम्झौता गरे । निरजले सुशान्तलाई चयन गर्दा धेरैले प्रश्न उठाए ।

उनीहरूले सुशान्तले महान खेलाडीको भूमिकामा न्याय नगर्ने भन्दै सवाल उठाइरहे । तर, आफ्नो मिहेनतमार्फत उनीहरूको बुझाईलाई गलत सावित तुल्याए ।

सम्बन्धित समाचार