प्रचण्डलाई ओलीको जवाफः चुनावमा स्थायी सरकारको नारा दिने, अहिले के को आलोपालो प्रधानमन्त्री ?

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अध्यक्षद्वयको मन्तव्य र कार्यसूची तय गरी यही शुक्रबार पुनः बस्ने गरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्तव्य व्यक्त गरेका थिए । अध्यक्षद्वयको मन्तव्यमा एकले अर्कोलाई सहमति र सहकार्य नचाहेको आरोप लगाएको बैठकमा सहभागि एक नेताले बताए ।

बैठकलाई सुरुमा सम्बोधन गरेका प्रचण्डले आलोपालो प्रधानमन्त्री बन्ने विषयमा २०७५ साल जेठ २ गते भएको संझौताको प्रसंग उठाएका थिए । प्रचण्डले एकताअघिको सम्झौता पालना नभएको गुनासो गरे । उनले तत्कालीन माओवादी र एमालेबीच पार्टी एकता हुनुभन्दा अघिल्लो दिन २०७५ साल जेठ २ गतेको सम्झौता कार्यान्यवन नभएकोमा घुमाउरो शैलीमा आपत्ति समेत जनाए । ‘सहमति कार्यन्वयनमा ओलीजी उदाशिन देखिनुभयो । पार्टी एकता भाँडिएला भनेर मैले पनि दबाब दिइन । अहिले आएर मलाई सहमति कार्यन्वयनमा दबाब नदिएर गल्ती गरे भन्ने आभाष भएको छ’, प्रचण्डको भनई उध्रित गर्दै स्रोतले भन्यो ।



अध्यक्ष प्रचण्डले सम्झौता कार्यान्वयन नहुँदा दुवै अध्यक्षबीच आशंका बढ्ने गरेको टिप्पणी गरे । जेठ २ को सम्झौता पालना नहुँदा पार्टीभित्र विश्वासको वातावरण कमजोर बनेको विश्लेषण सुनाए । आफूले अहिलेसम्म त्याग गरेको र अब त्याग गर्ने पालो प्रधानमन्त्रीको आएको प्रचण्डले बताए । आलोपालो प्रधानमन्त्री बन्ने सहमति कार्यन्वयनको लागि प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने प्रचण्डको आशय थियो ।

प्रचण्डपछि बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी र सरकार सञ्चालनमा कमी कमजोरी भएको स्वीकार गरेका थिए । पार्टी र सरकारसामु चुनौतीहरु रहेको बताउँदै प्रधानमन्त्री ओलीले त्यसको समाना गर्न सबैले एकजुट हुनुपर्ने बताएका थिए । यसबीचमा भएका कमी कमजोरी सच्याएर अगाडि बढ्नुको विकल्प नभएको भन्दै ओलीले आन्तरिक छलफल र सहमतिमै पार्टी र सरकार सञ्चालन गर्ने प्रतिवद्धता जनाएका थिए । मन्तव्यको सुरुवातमा नरम देखिएका ओली अन्त्यतिर निकै आक्रमक भएका थिए । ओलीले चुनावमा जवनतासँग गरेका प्रतिवद्धता सम्झिन नेताहरुलाई आग्रह गरेका थिए । चुनावमा एउटा कुरा गरेर मत माग्ने र अहिले फेरि अल्पमत र बहुमतको कुरा गरेर अफ्यारोमा पर्ने काम सहकर्मीबाटै भएको भन्दै ओलीले व्यङ्ग्य गरेका थिए ।

ओलीले आलोपालो प्रधानमन्त्री बन्ने विषयमा प्रत्यक्ष रूपमा कुनै प्रतिक्रिया जनाएनन् । तर अप्रत्यक्ष रूपमा स्थीर सरकार दिन्छाैं भन्दै जनतासँग मत मागेको बिर्सिएर आलोपालोको कुरा स्वीकार्न नसकिने बताए । सरकार चुनावमा गरेका प्रतिवद्धता पूरा गर्न लागिपरेकोले पार्टीबाट पनि सहयोगको अपेक्षा गरेको ओलीले बताएका थिए । बैठक अपेक्षाकृत सौहार्दतापूर्ण नहुने देखिएपछि बैठकका कार्यसूची अनुमोदन गर्दै बैठक शुक्रबारसम्मको लागि स्थगित गरिएको थियो ।

यस्ता छन् अनुमोदित कार्यसूची पनि
बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयले सरकार, पार्टी र समग्र स्थिति तथा वर्तमान चुनौती र अवसरबारे विचार व्यक्त गरेको जानकारी दिएका थिए । कम्युनिष्ट विचारको आदर्श, मूल्यमान्यता र जनतमतका आधारमा सकारात्मक र नकारात्मक स्थितिको समीक्षा गरी सरकार र पार्टीलाई अगाडि बढाउनुपर्नेमा अध्यक्षद्वयले जोड दिएको उनको भनाई थियो ।

प्रवक्ताका अनुसार कोरोना नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठानिक एकताका बाँकी काम, एमसीसी र विविध कार्यसूची बैठकले अनुमोदन गरेको छ ।

सम्बन्धित समाचार