काठमाडौं उपत्यकामा संक्रमितको संख्या ६५ पुग्यो, कहाँका हुन् संक्रमित ?

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ६५ पुगेको छ । बुधबार काठमाडौंका १ जना पुरुष र भक्तपुरका १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६५ पुगेको हो ।

योसँगै काठमाडौंमा ४२ जनामा कोरोना देखिँदा २२ जना निको भएका छन् । भक्तपुरमा १७ जना संक्रमित र तीमध्ये ५ जना निको भइसकेका छन् । ललितपुरमा ६ जना संक्रमित हुँदा १ जना निको तथा १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



काठमाडौं उपत्यकामा रहेका संक्रमितको पाटन अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, टेकु अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितहरू चन्द्रागिरि, कालिमाटी, नक्साल, कलंकी, एयरपोर्ट गेट, मैतीदेवी, बूढानीलकण्ठ, बानेश्वर, त्रिपुरेश्वर, टेकु, बागबजार, तीनकुने, तारकेश्वर र गोकर्णेश्वर लगायतका ठाउँमा रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार