भारतमा पछिल्लो २४ घण्टामा १६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ८७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । यो संख्या एकै दिन थपिएका अहिलेसम्मकै धेरै संक्रमित हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ९८५ पुगेको छ ।
भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४ हजार ९ सय नाघेको छ । यसैगरी २ लाख ७१ हजार ६८८ जना संक्रमित भने निको भएका छन् । संक्रमितमध्य १ लाख ८६ हजार ३९० जना उपचाररत रहेको जनाइएको छ ।
विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा भारत चौथो स्थानमा रहेको छ । विश्वभर संक्रमितको संख्या भने ९५ लाख २५ हजार ९३७ पुगेको छ । ४ लाख ८४ हजार ९२५ जनाको ज्यान गएको छ भने ५१ लाख ७४ हजार निको भएका छन् ।