आज विभिन्न ६ देशमा समस्यामा परेका नेपालीहरुको उद्वार हुँदैछ । त्रिभुवन विमानस्थलका अनुसार आज यूएईको आबुधाबीबाट हिमालय एअरलाइन्समार्फत १५२ जना र कतारको दोहाबाट पनि हिमालय एअरलाइन्समार्फत नै १५२ जना फर्कने तालिका रहेको छ ।
यस्तै, कुवेतबाट नेपाल एअरलाइन्सले १४९ जना लिएर आउनेछ । जापानको नारिताबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २५४ जना स्वदेश फर्कनेछन् । कतार एअरवेजको जहाज कतारको दोहा र एअर अरेबिया यूएईको सारजहाबाट नेपाल आउनेछन् तालिका रहेको विमानस्थलले जनाएको छ ।
यस्तै आज नेपाली लिन जहाजहरु विभिन्न ठाउँमा जाने तालिका रहेको छ । नेपाल एअरलाइन्सका दुई जहाज बहराइनमा समस्यामा रहेका नेपाली लिन त्यसतर्फ जानेछन् । हिमालय एअरलाइन्सको चार्टर्ड जहाज मलेसियाको क्लालाम्पुर जाने तालिका रहेको छ ।
नेपाली लिएर आएका जहाजहरु पनि आजै फर्कने छन् । तर ती जहाजमा यात्रु फर्कन्छन् या फर्कंदैनन् भन्ने टुङ्गो लागेको छैन ।