संक्रमित महिलाबाट जन्मिएकी नवजात शिशुको रिपोर्ट नेगेटिभ

कोरोना भाइरस संक्रमित महिलाले जन्म दिएको बच्चाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । बुधबार साँझ अबेर प्राप्त नतिजा अनुसार आमाको रिपोर्ट पनि नेगेटिभ नै आएको छ। कपिलवस्तु कृष्णनगरकी कोरोना संक्रमित २७ वर्षीया महिलाले नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा शनिबार बिहान करिब ६ बजे छोरीलाई जन्म दिएकी थिइन् ।

कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । शल्यक्रियामार्फत ती महिलाले छोरीलाई जन्म दिएकी थिइन्।



रूपन्देहीको भीम अस्पतालले रिफर गरेपछि कोरोना संक्रमित ती महिला शुक्रबार राति १ बजेतिर लेभल थ्री हस्पिटल नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा प्रसुतीका लागि आइपुगेकी थिइन्।

एक महिनाअगाडि भारतबाट फर्केर रूपन्देहीमा क्वारेन्टिनमा बसेकी ती महिलाको पीसीआर परीक्षण गर्दा जेठ ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो।

सम्बन्धित समाचार