अभिनेता गोविन्दाको कार दुर्घटना

बलिउड अभिनेता गोविन्दाको कार अर्को कारसँग ठोक्किएर दुर्घटना भएको छ । खबरका अनुसार दुर्घटना हुँदा कारमा गोविन्दाका छोरा यशवर्धन आहुजा र चालक मात्र थिए ।

गोविन्दाको कारसँग ठोक्किएको अर्को गाडी यशराज ब्यानरसँग सम्बन्धित व्यक्तिको रहेको खबर छ ।



बुधबार राति जुहू प्रहरी वृत्तमा दर्ता भएअनुसार करिब साढे ८ बजे दुर्घटना भएको थियो । दुर्घटनामा सवार सबै सुरक्षित रहेको भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सले लेखेको छ ।

सम्बन्धित समाचार