कोरोना संक्रमितको लागि खुशीको खबर

कोरोना महामारीको उपचारका लागि अक्सफोर्ड युनिभर्सिटीले काम गरिरहेको भ्याक्सिनको मानवमा परीक्षण सुरु गरिएको छ । अक्सफोर्डले बुधबार पहिलोपटक अफ्रिकामा भ्याक्सिनको मानव परीक्षण सुरु गरेको हो । दक्षिण अफ्रिकामा गरिएको ह्युमन ट्रायलमा दुई हजार भोलेन्टियर सहभागी छन् । जसमा १८ देखि ६५ उमेर समूहका मानिस छन् । परीक्षणमा सहभागी हुनेमध्ये केही एचआईभी संक्रमित पनि छन् । ती मानिसमा भ्याक्सिन दिए पनि १२ महिनासम्म निरीक्षण गरेर त्यसको प्रभावकारिताबारे परीक्षण गरिने बीबीसीले जनाएको छ ।

विश्वभर कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा जीवनरक्षक औषधिको खोजीका लागि रिसर्च (अनुसन्धान) पनि भइरहेको छ । ब्राजिलको साओ पालोस्थित फेडरल युनिभर्सिटीका शोधकर्ताहरूले पनि भ्याक्सिनको मात्रा (खुराक) भोलेन्टियरहरूलाई दिएका छन् । विश्वभर कोरोना महामारी तीव्र रूपमा फैलिएका देशमध्ये पर्ने भएकाले ब्राजिललाई छनोट गरिएको बीबीसीले जनाएको छ । अमेरिकापछि ब्राजिलमा कोरोना संक्रमण र यसबाट हुने मृत्यु विश्वको देस्रो सबैभन्दा बढी प्रभावित देश हो ।



ब्राजिलमा ११ लाख मानिस कोरोना भाइरसबाट संक्रमति भइसकको छन् भने अहिलेसम्म ५२ हजार संक्रमतिको मृत्यु भइसकेको छ । यो भ्याक्सिनको विकासमा अक्सफोर्ड युनिभर्सिटीका साथ औषधि बनाउने कम्पनी एस्ट्राजेनेका पनि सहभागी छ ।

भ्याक्सिन परियोजनाहरूमा काम गरिरहेका विश्वभरका शोधकर्ताहरूले भ्याक्सिनबाट अत्यन्तै आशा राखेका छन् । दक्षिण अफ्रिकामा गरिएको प्रयोगमा अक्सफोर्ड युनिभर्सिटीका साथ युनिभर्सिटी अफ विटवाटरस्रेडले साझेदारी गरेको छ ।

सम्बन्धित समाचार