पाल्पामा एकै दिन १२१ जनामा कोरोना संक्रमण

पाल्पामा आज (बिहीबार) एकै दिन १२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालले बिहीबार बिहान जारी गरेको सूचनाअनुसार पाल्पाका ९३ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु पाल्पाको निस्दी गाउँपालिकामा हुन् ।

यस्तै पाल्पाकै पूर्वखोला गाउँपालिकामा १८, रम्भा गाउँपालिकामा ६, तानसेन नगरपालिकामा ३ र तिनाउ गाउँपालिकामा १ जनामा पनि बिहीबारै कोरोना संक्रमण पुष्टि भएको पाल्पा स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिएका छन् ।



निस्दीका बाहेक अन्यको स्बावचाहिँ प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षण भएको हो । योसँगै पाल्पामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३६६ पुगेको र तीमध्ये एक जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार