चट्याङ् लागेर चार जनाको मृत्यु

सप्तरीमा चट्याङ् लागेर चारजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सप्तरीको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ् लागेर ज्यान गएको हो ।

चट्याङ् लागेर ज्यान गुमाउनेमा ६० वर्षीय छेदी ठाकुर, २७ वर्षीय बेचन यादव, ३० वर्षीया ललितादेवी यादव र ४६ वर्षीय केसी साह रहेको प्रहरीले जनाएको छ ।



बेचन यादव र छेदी ठाकुरको सप्तकोसी नदीमा पुजा गर्ने क्रममा र ललितादेवी यादव केसी साहको खेतमा काम पर्दा ज्यान गएको हो ।

सम्बन्धित समाचार