
गण्डकी प्रदेशमा आज बिहान थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप २५ जनामा कोरोना पोजेटिभ देखिएको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
नयाँ संक्रमितमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का २१, तनहुँ, स्याङ्जा र बागलुङका १–१ जना रहेका छन् । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ७ सय ९२ पुगेको छ ।
संक्रमितहरुलाई सम्बन्धित जिल्लाको आईसोलेशनमा लैजाने तयारी भैरहेको निर्देशक शर्माले जानकारी दिए ।


