१६ वर्षीया टिकटक स्टार सिया कक्करले गरिन् आत्महत्या

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको खबर सेलाउन नपाउँदै १६ वर्षीया भारतीय टिकटक स्टार सिया कक्करले बिहीबार आत्महत्या गरेकी छिन् ।
सियाले किन आत्महत्या गरेकी हुन भन्‍ने अहिलेसम्‍म खुलेको छैन । उनको आत्महत्यामाथि प्रहरीले अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । सिया दिल्लीमा बस्दै आएकी थिइन् ।

भारतीय सञ्‍चार माध्‍यमका अनुसार सियाले आत्महत्याको एकरात पहिले आफ्नो म्यासेन्जरमा अर्जुन सरिनसँग कुरा गरेकी थिइन्। अर्जुनका अनुसार उनले सियाको एउटा गीतको बारेमा कुरा गरेकी थिइन् ।



अर्जुनले भनेका छन्, ‘सिया त्यो समय राम्रैसँग कुरा गरिरहेकी थिइन् । साथै उनी कति पनि आत्तिएकी थिइनन् ।’ अर्जुनले आफू पनि सियाले किन आत्महत्या गरिन् भन्नेबारे आश्चर्यमा परेको बताएका छन् ।

सियाले आत्महत्या गर्नु केही घण्टाअघि आफ्नो इन्स्टाग्राम स्टोरीमा आफ्नो डान्स भिडियो शेयर गरेकी थिइन् ।

टिकटक र इन्स्ट्राग्राममा उनका ठूलो संख्यामा उनको फलोअर्स थिए ।

https://www.instagram.com/p/CBAbL6cp_tq/

सम्बन्धित समाचार