कंगनाद्वारा आलियादेखि सारा जस्ता स्टार किडलाई फिल्म माफियाको आरोप

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा भुइँचालो आएको छ । नातावादका कारण सुशान्तले आत्महत्या गरेको भन्दै चर्को बहस भएको छ । नातावाद र परिवारवादको यो मुद्दा अब यत्तिकै रोकिने अवस्थामा नपुग्ने देखिएको छ । दर्शकले लगातार सलमान खान, शाहरुख खान, करण जोहरजस्ता सेलिब्रेटीको विरोध गरिरहेका छन् । बलिउड अभिनेत्री कंगना रनावतले पनि खुलेर विरोध जनाएकी छिन् ।

हालै कंगनाले केही नायिकाहरुका पुराना तस्वीर शेयर गर्दै ‘फिल्म माफिया’ को ट्याग दिएकी छिन् । सुशान्तको मृत्यपछि कंगनाले लगातार भिडियो शेयर गरिरहेकी छिन् । उनले भिडियोमार्फत आफ्ना कुरा पनि शेयर गरिरहेकी छिन् । कंगनाले ट्वीटरमा स्टारकिड्सका तस्वीर शेयर गरेर ट्वीटरमा हंगामा मच्चाइदिएकी छिन् । उनले बलिउडका स्टारकिड्सको तस्वीर शेयर गर्दै भनेकी छिन् कि बाहिरी कलाकारलाई कति पश्चाताप हुन्छ ।



उक्त पोस्टमा कंगनाले सारा अली खान, आलिया भट्ट सोनम कपूर र सोनाक्षी सिन्हाका पुराना तस्वीर राखेकी छिन् । उनले भनेकी छिन् – कुनै संघर्ष गर्ने युवतीविना उनीहरु स्टार बनिरहेका छन् ।

तस्वीरका साथ क्याप्सनमा कंगनाले लेखेकी छिन् – केही व्यक्तिहरुले भन्छन् कि, यो बोडी शेमिङ होइन, यही कारण करण जोहरजस्ता फिल्म माफिया दर्शकका लागि एक रियालिटी चेक हुन्छ ।’

अहिलेसम्म कुनै स्टारकिड्सको पनि यसमा प्रतिक्रिया आएको छैन । कंगनाले भने आफ्ना फ्यानलाई थप हिम्मत दिएकी छिन् । उनको खुलेर तारिफ पनि भइरहेको छ ।

सम्बन्धित समाचार