
‘इनअफ इज इनअफ’ अभियानका अभियन्ता इशान अधिकारी ‘ई’ले कोरोना भाइरसबाट जनताको जीवन रक्षाको माग गर्दै सत्याग्रह थालेका छन् ।
उनले शुक्रबार दिउँसो १ बजेदेखि आमरण अनशन थालेका हुन् । उनी पाटनको कृष्ण मन्दिर क्षेत्रमा सत्याग्रहमा बसेका छन् ।
पीसीआर परीक्षणको दायरा बढाउन, क्वारेन्टिन व्यवस्थित बनाउन, जीवन र मृत्युसँग जोडिएको विषयमा भ्रष्टाचार रोक्न, फ्रन्टलाईनमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन, सर्वोच्च अदालतका आदेशको कार्यान्वयन गर्नुपर्ने लगायतका माग राख्दै अधिकारीले अनशन सुरु गरेका हुन् ।

