
कोरोना संक्रमण देशभरीका ७६ जिल्लामा बढीरहेको बेला काठमाडौंमा पनि कोरोना संक्रमितको संख्या थपिएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका तीन जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यद्यपि तराईका जिल्लाहरुमा जस्तो बढी संख्यामा कोरोना संक्रमण काठमाडौंमा देखिएको छैन जुन राम्रो पक्ष हो ।

