दिल्लीबाट फर्केर होटेलमा बसिरहेका श्रीमान् श्रीमतीमा कोरोना संक्रमण

भारतबाट फर्केर वीरगञ्जको होटेलको क्वारेन्टिनमा बस्दै आएका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ का दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वडा नम्बर ५ का एक महिला र एक पुरुष गरि दुई जनामा कोरोना संक्रमण पुष्टि भएको नारायाणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए ।

संक्रमित दुवै श्रीमान् श्रीमती हुन् । उनीहरु गत असार ४ गते भारतको दिल्लीबाट फर्केर होटलको क्वारेन्टिनमा आफना आमा बुवा र तीन वर्षीय छोरासहित पाँच जनाको समूहमा बस्दै आएका थिए ।



यो सँगै पर्सामा कोरोना संक्रमितहरुको संख्या १ सय ५८ पुगेको छ । जस मध्ये पाँच जना भारतीयहरु छन् ।

सम्बन्धित समाचार