साजन र पुजाको स्वरमा ‘फुलमा माउरी डुल्ने बेलामा’ सार्वजनिक

पछिल्लो समय चर्चित गीतहरुको कभर गीत तयार गर्ने प्रचलन बढेको छ । कतिपय नयाँ गायक गायिकाहरु कभर गीतकै कारण चर्चाको शिखरमा समेत पुगेका छन् । यसै क्रममा लोक गायक साजन कुवँरले चर्चित लोक गीत ‘फुलमा माउरी डुल्ने बेलामा’को कभर गीत सार्वजनिक गरेका छन् ।

एकनारायण भण्डारीले लेखेको यस गीतमा राजु परियार र देवी घर्तीको स्वर रहेको थियो । कभर गीतमा भने गायक साजन कुवँर र पुजा गुरुङको स्वर रहेको छ ।



साजन कुवँर अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको गीतले टीकटकमा समेत राम्रो चर्चा पाइरहेको छ । गायक कुवँर यतिवेला तीजको गीत तयार गर्न व्यस्थ छन् ।
हेर्नुहोस् गीतको भिडियो

सम्बन्धित समाचार