
कोरोना भाइरस रोकथाम गर्ने भन्दै नेताहरुले घाँटीमा झुन्ड्याउने गरेको जन्तर (रिमुभिङ कार्ड) प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । यस्तो कार्ड विकास भइनसकेको तथा यसले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्ने भन्दै प्रयोग नगर्न मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयले प्रमाणित नभएका सामग्री बनाउने, विक्री गर्नेलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ ।
गत शुक्रबार नेकपाको स्थायी कमिटी बैठकमा सहभागि केही नेताहरुले यो जन्तर भिरेका थिए । वरिष्ट नेता माधव नेपालमार्फत आफूहरुले जन्तर पाएको सहभागी नेताहरुले बताएका थिए ।

