नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ असार ।
सुरक्षित एवं निःशुल्क सञ्चारको लागि विश्वको अग्रणी मैसेजिङ्ग एपहरूमध्येको राकुटेन भाइबरले फेसबुकसँगको आफ्ना सबै व्यवसायिक सम्बन्धहरू तोड्ने घोषणा गरेको छ । यो मैसेजिङ्ग एपले फेसबुक कनेक्ट, फेसबुक एसडिके, र जिफिलाई हटाउनुको साथसाथै सामाजिक सञ्जाल प्लेटफर्ममा गरिने सबै विज्ञापन खर्चहरू रोक्ने निर्णय गरेको छ । यो भाइबरले जनाएको बढ्दो अनलाइन अभियान #StopHateForProfit तर्फको साथ र एक ठूलो टेक्नोलोजिकल कम्पनीको बहिष्कार हो ।
पछिल्ला केही हप्ताहरूमा अमेरीकाभरि फैलिएको प्रतिकार प्रदर्शनीहरूको बीचमा एन्टि–डिफामेसन लीग एण्ड एनएएसिपि लगायत अरू ६ वटा संगठनहरूले फेसबुकमा हुने द्वेषपूर्ण वक्तव्य–बाजीबाट प्रयोगकर्ताहरूलाई संरक्षण प्रदान गर्नमा सो कम्पनी असक्षम रहेकोले जुलाई महिनाभरिको लागि त्यस सामाजिक सञ्जालमा विज्ञापन खर्च स्थगनका लागि फेसबुक विज्ञापनदाताहरूलाई आव्हान गरेका छन् । डाटाको गलत प्रयोगका अनगिन्ती घटनाहरू र विगतमा भएको चर्चित क्याम्ब्रिज एनालाइटिका काण्ड, जसमा राजनैतिक परामर्शदातृ फर्मले ८७ मिलियनसम्म फेसबुक प्रयोगकर्ताहरूको डाटा अनुपयुक्त तवरले उपयोग गरेको घटनाका कारण फेसबुकको द्वेषपूर्ण वक्तव्यबाजीले अन्तिम रूप लिएको भनी भाइबरले देख्दछ । यसै कारण भाइबरले #StopHateForProfit अभियानलाई अझ अगाडि लैजान फेसबुकसँगका सबै किसिमको व्यवसायिक सम्बन्धहरू तोडेको विज्ञप्तिमार्फत् जनाइएको छ ।
भाइबरको सिइओ जमेल अगाउवाले भनेका छन्– ‘फेसबुकले आजको समयमा आफ्नो भूमिकाबारे निरन्तर कमजोर निर्णय प्रस्तुत गर्दै आइरहेको छ । कम्पनीको डाटाको गलत व्यवस्थापन र यसका एपहरूमा गोपनीयताको अभावदेखि लिएर हिंस्रक र खतरनाक बयान–बाजीबाट जनताहरूलाई संरक्षण गर्न आवश्यक कदमहरू नलिने अडानलाई हेर्दा फेसबुक धेरै टाढा गैसकेको छ । हामी सत्यको मध्यस्थहरू होइनौं तर असलमा नै केही मानिसहरू हिंसात्मक सामग्रीहरूको प्रसारबाट प्रताडित भैरहेका छन् र कम्पनीहरूले निश्चय नै स्पष्ट अडान लिनु जरूरी छ ।’
भाइबर एपबाट फेसबुक टचप्वाइन्टहरू हटाउने प्रक्रियाले २०२० को जुलाईको आरम्भसम्ममा पूर्णता पाइसक्ने अपेक्षा गरिएको छ । फेसबुकमा विज्ञापनको लागि गरिने खर्चमाथिको प्रतिबन्ध भने तत्कालै लागु गरिने छ ।
राकुटेन भाइबरको आफ्नो भनाइ
राकुटेन भाइबरमा हामी मानिससँग मानिसलाई जोड्दछौं । ती मानिसहरू जहाँबाट जो भएपनि त्यसले केही फरक पार्दैन । हाम्रो विश्वव्यापी प्रयोगकर्ताले यी विशेषताहरू जस्तैः एक एकजनाबीच च्याट गर्ने, भिडियो कल गर्ने, सामूहिक म्यासेज गर्ने, तथा आफ्नो प्रिय ब्राण्डहरू र सेलिब्रेटीहरूका साथमा छलफल र तिनको जानकारी राख्ने लगायतमा आफ्नो पहुँच राख्दछन् । हामी हाम्रा प्रयोगकर्ताहरूलाई यो सुनिश्चित् गर्दछौं कि उनीहरूले आफ्नो भावना सुरक्षित एवं स्वतन्त्र वातावरणबीच साटासाट गर्न सक्दछन् ।
राकुटेन भाइबर राकुतेन इन्कर्पोरेटको एक हिस्सा हो, जुन विश्वव्यापी रूपमा इ–कमर्स तथा वित्तीय सेवाहरूमा अग्रणी रहेको छ । भाइबर एफसि बार्सिलोनाको आधिकारिक सञ्चार माध्यम हो भनें गोल्डेन स्टेट वारियर्सको आधिकारिक तत्काल मैसेजिङ्ग र कलिङ्ग एप पनि हो । आजै भाइबरमा जोडिनुहोस् र विश्वकै उत्कृष्ट सञ्चार माध्यमको अनुभव संगाल्नुहोस् ।
नयाँ राकुटेन भाइबर ब्राण्ड जायदादहरू आवश्यक परेको छ ? हाम्रो ब्राण्ड सेन्टरमा गएर पत्ता लगाउनुहोस् ।
सम्पर्क : media@viber.com