कोरोना अपडेटः संक्रमित १२ हजार ७७२, निधन २८, संक्रमणमुक्त ३०१३

नेपालमा पछिल्लो २४ घण्टामा १ सय ५ जना महिला र ३ सय ५८ पुरुषसहित ४ सय ६३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट २८ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाको प्रकोप दिन प्रतिदिन बढ्दै गएको छ । हालसम्म देशका ७७ वटै जिल्लामा कोरोनाको संक्रमण फैलिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ सय ७९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमध्ये १३ महिला र १ सय ६६ पुरुष रहेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस विफ्रिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार १३ पुगेको छ ।



यसैगरी पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६२ गरी आजसम्म २ लाख १५ हजार ८ सय ३९ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा २ हजार ७ सय ३२ गरी आजसम्म २ लाख ९६ हजार ७ सय ६६ जनाको परीक्षण भएको प्रवक्ता डा। गौतमले बताए ।

डा. गौतमका अनुसार देशभरीका विभिन्न क्वारेन्टिनमा ६१ हजार ७ सय ३१ जना रहेका छन् भने ९ हजार ७ सय ३१ जनाको विभिन्न अस्पतालका आइसोलेसनमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार