राप्रपा सचिवालयमा नौ जना मनोनित (नामावलीसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सचिवालयमा नौ जनालाई मनोनित गरेको छ। पार्टी विधानअनुसार तीन जना अध्यक्षले आइतबार सहमतिमा सचिवालय सदस्यमा नौ जनालाई मनोनित गरेका हुन् ।

नवलपुरका निलकण्ठ काफ्ले, झापाका भक्तिप्रसाद सिटौला, काठमाडौंका भरत रायमाझी, काठमाडौंका इन्द्र चित्रकार, मकवानपुरका राजाराम बर्तौला, भोजपुरका बाबुराम बस्नेत, चितवनका रामशरण पाठक, नुवाकोटका भरतप्रसाद पाठक, ललितपुरकी मीना शाही सचिवालय सदस्य भएका हुन्।



आइतबार बसेको सचिवालय बैठकले सचिवालयलाई पूर्णता प्रदान गरेकामा अध्यक्ष त्रयप्रति आभार व्यक्त गरेको राप्रपाले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

गत वर्षको फागुनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच पार्टी एकता भएको थियो । पार्टीमा कमल थापा, पशुपतिशम्शेर राणा र डा प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेका छन् ।

सम्बन्धित समाचार