स्वास्थ्यमन्त्रीको बोली एउटा, वास्तविकता अर्कै, खुम्चिँदै गयो परीक्षण दर

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने बताए पनि पछिल्लो एक सातामा परीक्षण दर भने खुम्चिँदै गएको छ । पछिल्लो एक सातामा औसत दैनिक पाँच हजार आठ सय नौ जनाको मात्रै कोरोना परीक्षण हुँदै आएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकालले गत २६ जेठमा बसेको संसद् बैठकमा १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने जानकारी दिएका थिए ।

निजी प्रयोगशालाले तीन हजार र बाँकी सरकारी ल्याबबाट गरी प्रतिदिन १० हजारको पीसीआर विधिमा परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयको तयारी थियो । जनशक्ति व्यवस्थापन, ल्याबलाई २४ घण्टा सञ्चालन गर्ने र निजी क्षेत्रबाट परीक्षण गर्ने गरी तयारी अगाडि बढाइएको स्वास्थ्यमन्त्री ढकालले बताएका थिए ।



प्रतिप्रदेशबाट एक हजारका दरले र निजी क्षेत्रबाट तीन हजारका दरले प्रतिदिन परीक्षण हुने बताए पनि कार्यान्वयन भएन । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

सम्बन्धित समाचार