‘म बोल्दा बिम्ब प्रयोग गर्छु, नबुझ्नेहरू उखान टुक्का भन्यो भनेर कराउँछन’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएकोमा कतिपयलाई पिर परेको बताएका छन् । आइतबार बालुवाटारमा मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफू शासक बन्न नजन्मेको र त्यस्तो परिकल्पना कहिल्यै नगरेको बताएका छन् ।

‘गणतन्त्रको विरोध सोझै गर्न सक्दैनन्’ प्रधानमन्त्री ओलीले भने ‘कहिले राष्ट्रपतिको साडीमा विरोध गर्छन्, कहिले कार्पेटको चर्चा गर्छन् र विरोध गर्छन् ।’ आफूले बोल्दा बिम्ब प्रयोग गर्ने गरेको तर कतिपय मान्छेहरू त्यसलाई उखान टुक्का भन्यो भनेर कराउँने गरेको उनले बताए । त्यस्तै ओलीले आफूले बोलेको कुरा नबुझ्नेले मदन भण्डारी बोलेको त झनै नबुझ्ने टिप्पणी समेत गरे । उनले भने ‘उखान के हो ? बिम्ब के हो ? हाम्रो भाषिक र साहित्यिक परम्परा कस्तो छ ? त्यो कसैले विचार गर्दैनन् र मलाई उखान भन्यो भन्दै हिंड्छन् ।’



नयाँदिल्लीका मिडिया, बौद्धिक बहस र दूतावासका क्रियाकलाप र होटलहरूमा भइरहेका जमघटबाट आफूलाई हटाउन के के भइरहेको छ भन्ने देखाइरहेको उनको भनाई थियो । पार्टीभित्रका असन्तुष्ट पक्षलाई सङ्केत गर्दै उनले भने ‘कसैले प्रधानमन्त्री बन्न हतार नगरे पनि हुन्छ र आग्रहहरू नपाले पनि हुन्छ ।’

नेपालको राष्ट्रियता कमजोर नभएको भन्दै प्रधानमन्त्री आलीले नक्सा छापेवापत र संविधानमा नक्सा सामेल गरेवापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भनेर कसैले सपना देख्या छ भने त्यो भ्रम भएको बताए ।

सम्बन्धित समाचार