काठमाडौं उपत्यकामा संक्रमितको संख्या ८३ पुग्यो, कहाँका छन् संक्रमित ?

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ८३ पुगेको छ । हालसम्म काठमाडौंमा ५३ जना, भक्तपुरमा २२ जना र ललितपुरमा ८ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा संक्रमण पुष्टि भएकामध्ये २९ जना निको भइसकेका छन् भने एक जनाको मृत्यु भएको छ ।

काठमाडौंका २२, भक्तपुरका ५ र ललितपुरका एकजना संक्रमित निको भएका हुन् ।



काठमाडौं उपत्यकामा रहेका संक्रमितको पाटन अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, टेकु अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितहरू सुकेधारा, थापागाउँ, चन्द्रागिरि, कालिमाटी, नक्साल, कलंकी, एयरपोर्ट गेट, मैतीदेवी, बूढानीलकण्ठ, बानेश्वर, त्रिपुरेश्वर, टेकु, बागबजार, तीनकुने, तारकेश्वर र गोकर्णेश्वर लगायतका ठाउँमा रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार