
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ६ जना तथा ललितपुर र भक्तपुरका एक एक जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौंमा २ महिला र तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
ललितपुर र भक्तपुरमा संक्रमित दुवै जना पुरुष हुन् । टेकु, पाटन र टिचिङ अस्पतालमा परीक्षण गरिएको थियो ।
