
शनिबार मात्र नेपाल भित्रिएको सलहले मकवानपुरको गढीमा एक हजार हेक्टर जमिनको मकै खेती सखाप पारेको छ । हालसम्मको प्रारम्भिक विवरणअनुसार १२ जिल्लामा सलहले क्षति पुर्याएको सलह सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले जानकारी दिए ।
‘आइतबार र सोमबार मकवानपुरगढी गाविस क्षेत्रको झन्डै एक हजार हेक्टर जमिनमा लगाएको मकैमा क्षति पुर्याएको विवरण प्राप्त भएको’ सुवेदीले भने । भारतबाट नेपाल प्रवेश गरेका सलह सोमबारसम्म पर्सा, चितवन, मकवानपुर, सिन्धुली, काभ्रे, रुपन्देही, पूर्वी नवलपरासी, कास्की, पाल्पा, कपिलवस्तु, गोरखा लगायतका जिल्लामा देखिएका छन् ।
त्यस्तै झुन्डबाट छुटिएर ५०-६० वटा सलह १५ जिल्लामा हावाको वेगले पुर्याएको जनाइएको छ । साथै आइतबार साँझ कपिलबस्तुमा ठूलो समुहमा सलह भित्रिएका थिए । जुन अहिले छुटिएर अर्घाखाँची र दाङतिर समेत पुगेको छ । अन्य स्थानमा पुगेका सलहले क्षति नपुर्याए उनले बताए ।
