नायिका साम्राज्ञी लक्ष्मी देवी शाहले चलचित्र क्षेत्रका दिग्गज भनिने व्यक्तिबाट आफू दुर्व्यवहारमा परेको बताएकी छन् । नायिकाले आफ्नो इन्स्टाग्राममा भिडियो अपलोड गर्दै आफूमाथि जापानको यात्राका क्रममा दुर्व्यवहार भएको बताएकी छन् ।
यो भिडियो अभिनेता तथा चलचित्र निर्माता भुवन केसीको स्टाटस फेसबुकमा सार्वजनिक भएपछि बाहिर आएको हो । उनले भिडियोमा भनेकी छन्, ‘मैले अघिल्लो भिडियोमा मेरो भोगाइहरु साझा गरेको थिएँ, जुन कुरा मैले धेरै अगाडिदेखि सहेर बसेको थिएँ । किनभने मलाई त्यही क्षेत्रको मान्छेले, ठूला ठूला व्यक्तिहरुले यो कुरा साझा नगर्नु भन्नुभएको थियो । उहाँहरुलाई ममाथि नराम्रो भएको हो भन्ने थाहा थियो, तर मेरो करियरमा दाग लाग्ला, मैले काम नपाउला भनेर, केटी मान्छेमा यसको असर बढी पर्छ, यस्तो कुरा नबोल भनेर भन्नुभएको थियो, मलाई चित्त नबुझेर पनि म चुप लागेर बसेको थिएँ ।
एक वर्ष काट्यो, दुई वर्ष काट्यो अहिले पाँच वर्ष भयो । त्यो अवस्था मैले भोग्या छु, मैले देख्या छु । मेरो ठाउँमा अरु कोही हुन्थ्यो भने केही पक्कै गर्थ्यो होला, म त्यतिबेला बच्चै थिएँ । मलाई सम्झाउने बुझाउने, सिकाउने कोही थिएन । मैले बिर्सन सकिन, काममा लागिरहेँ । चलचित्र जे सुकै होस्, मलाई काम मन पर्ने भएकोले मैले गरिरहेँ ।
हो, उहाँहरुले नै मलाई काम दिनुभएको हो, चलचित्र हिट भएको हो । म पनि धेरै खुसी छु, किनकी मैले धेरै मेहनत गरेको छु । उहाँहरुको जस्तो सुकै बानी व्यवहोरा होस्, कुरा नमिले पनि मैले त्यो कुरा कहिले कसैलाई भनिन। मिडियामा पनि ल्याइन । यदि त्यो बेलामा मैले पुलिस केस गरेको भए, उहाँलाई मुद्दा लाग्थ्यो पनि । तर मैले त्यो गरिन । किन गरिन भने, त्यो बेलामा मलाई थाहा पनि थिएन त्यस्तो गर्न मिल्थ्यो भनेर ।
कोही मलाई सम्झाउने कोही थिएन । मेरो परिवारबाट कोही यो क्षेत्रमा छैन । मात्र मेरो आमाको साथले म यहाँ आएको हुँ । नचिनेको मान्छेले मलाई जे पायो त्यही भन्छ तर म लगनशील भएर मेरो काममा लागिरहेको थिएँ । मलाई सन्देशहरु आइरहेका छन् । मेरो पहिलो भिडियो सार्वजनिक भइसकेपछि । एक जनाले के भन्नु भएको छ भने, ‘जुन थालमा खायो, त्यही थालमा दुलो पार्ने ।’
साँच्चै नै मलाई भित्र भित्र घिन लागिराखेको थियो, तर म बाहिर हाँसी हाँसी कुरा गरिरहेको थिए, उहाँ म सँग टाँस्सी टाँस्सी कुरा गरिरहनुभएको थियो । उहाँ ‘पभर्ट, मुख यहीँ ल्याएर बोलिराख्नु भएको थियो । बाबा बाबा, आइ लभ यू बाबा, छोरी अब यस्तो नगर । मैले सुनिरहेको थिएँ, ‘हस्, भने । अंकल भनेको उहाँलाई मन पर्दैन, हस दाई नमस्ते भन्दै म’ यो मैले एक जनाको नाम भने, कतिले के के गरेका छन् छन् ।
https://www.instagram.com/tv/CB_TBUgnOgu/
यो कुरा बाहिर निकाल्नु राम्रो नराम्रो मलाई थाहा छैन। तर एक हिसाबमा मलाई यो राम्रो लागिरहेको छ। यस्तै तपाईहरुलाई थाहा छैन, मलाई ‘प्यानिक अट्याक’ आइरहेको छ । म ढाँटिरहेको छैन । किनभने मैले अहिलेसम्म त्यस्तो कुरा सार्वजनिक गरेका देखेको छैन। मलाई थाहा छैन म के गर्दै छु। तर मलाई जे राम्रो लाग्छ त्यही गरिरहेको छ ।
केही दिन अगाडि आफूले काम गरेका ८ ओटा चलचित्रमध्ये ३ वटा चलचित्रमा काम गर्दा आफूमाथि दुर्व्यहार भएको उनले बताएकी थिइन् । उक्त भिडियोमा आफूले छायांकनको व्यवस्थापन राम्रो छैन भन्दा आफूमाथि जाइलागको बताएकी थिइन् । उनले चलचित्र र दुर्व्यवहार गर्ने व्यक्तिको नाम नतोकेपनि नराम्रो व्यवहार भएकोले चलचित्र क्षेत्रमा काम गर्न धेरै गाह्रो भएको बताएकी थिइन् ।
साम्राज्ञीको भिडियो सार्वजनिक भएको तीन दिनपछि अभिनेता तथा चलचित्र निर्माता भुवन केसीले हिरोइनले सामाजिक सञ्जालमा रोइकराई गरेको र अहिले पनि पहिलाकै चलचित्रको नाम बेचेर खाइरहेको बताएका थिए, उनले नाम नतोकेर भनेका छन्, ‘जुन थालमा खायो त्यही थालमा दुलो पार्ने ।’
केसीको यो अभिव्यक्तिपछि साम्राज्ञीको अर्को भिडियो सार्वजनिक भएको हो । नायिका साम्राज्ञीले भुवन केसीले निर्माण गरेको चलचित्र ‘ड्रिम्स’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेकी हुन् ।
https://www.facebook.com/bhuwankaycee/posts/10157387229957335