कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

पछिल्लो २४ घण्टामा देशभर ४ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरूमा ११७ महिला र ३ सय ६५ पुरुष गरी ४ सय ८२ जना छन् ।

नेपालमा हालसम्म एक हजार ७ सय ७४ महिला र १२ हजार २७२ जना पुरुष गरी १४ हजार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ८८६ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।



डा गौतमका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका ६ जना महिला र एकजना पुरुष, सिराहाका एकजना महिला र एकजना पुरुष र सुनसरीका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा इलामका २ जना महिला, झापाका २ जना महिला र ४ जना पुरुष र मोरङका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका २ महिला र ५ जना पुरुष, मोरङका एकजना पुरुष र ताप्लेजुङका एकजना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका २१ पुरुष र महोत्तरीका ३ महिला र ३३ जना पुरुष, नारायणी अस्पताल विरगंजमा गरिएको परीक्षणमा पर्साका एकजना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका १० जना महिला र ४९ जना पुरुष, बझाङका ४ जना महिला र १४ जना पुरुष, बाजुराका २ महिला र ५ जना पुरुष, गोरखाका २ जना पुरुष, कैलालीका ४ जना महिला र१० जना पुरुष, कंचनपुरका एक जना पुरुष र पर्वतका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ महिला र ४ जना पुरुष, भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा गोरखाका एकजना महिला, चितवनका २ महिला र १० जना पुरुष, झापाका एकजना महिला र नवलपरासी पुर्वका २ महिला र ९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा बाराका एकजना, धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका एक पुरुष, पाटन अस्पताल ललितपुरमा भक्तपुरका एक महिला, काठमाडौंका ३ महिला र एकजना पुरुष, मोरङका एकजना महिला र ललितपुरका ३ जना महिला र २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै वीर अस्पतालमा गरिएको परीक्षणमा डोटीका ५ महिला र २ पुरुष, अछामका १५ जना महिला र ५१ जना पुरुष र बाजुराका ६ जना महिला र १२ जना पुरुष, डोटीका २ महिला र ९ पुरुष, कैलालीका २ महिला र ८ पुरुष, कंचनपुरका २ महिला र ७ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका २ महिला र एकजना पुरुष, स्याङ्जाका २ महिला र ६ जना पुरुष र तनहुँका एकजना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका ३ महिला र लमजुङका १० जना पुरुष, यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका एक पुरुष र गुल्मीका एक महिला र ७ जना पुरुष, नवलपरासीका एक महिला र पाल्पाका २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पताल नेपलागञ्जमा गरिएको परीक्षणमा बाँकेका ७ जना महिला र ४ जना पुरुष, बर्दियाका २ महिला र ९ पुरुष, दैलखका २ जना पुरुष, कालिकोटका २ जना पुरुष, सल्यानका ३ जना महिला र १२ जना पुरुष, सुर्खेतका ४ जना महिला र १८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

डा गौतमका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका २ महिला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको परीक्षणमा बाजुराका ४ महिला र १४ पुरुष, जुम्लाका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अछामका एकजना पुरुष, वैतडीका एकजना पुरुष र कैलालीका एक महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा बुधबार थप एक जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अछामस्थित होम क्वारेन्टिमा बसिरहेको अवस्थामा मृत्यु भएका रामारोशन गाउँपालिका-५ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३० पुगेको छ ।

आइतबारसम्ममा ४ हजार ६ सय ५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो ।

सम्बन्धित समाचार