
ललितपुरमा ३ स्वास्थ्यकर्मीसहित ७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेगालका अनुसार आज भेटिएका संक्रमितमा ६ जना महिला र एक जना पुरुष रहेका छन् । उनले भने, ‘संक्रमितहरु अल्का हस्पिटलका दुई जना स्वास्थ्यकर्मी, एक जना विरामी र क्यान्सर हस्पिटलका एक स्वास्थ्यकर्मी रहेका छन् ।’
आज थपिएका संक्रमितहरुमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. १४ थसिखेल बस्ने वर्ष २७ को पुरुष रहेका छन् । उनी पेटको आन्द्रमा पानी जमेर उपचार गर्न अल्का हस्पिटलमा गएका थिए ।
त्यस्तै जिल्ला सप्तरी राजविराज घई भई हाल ललितपुर महानगरपालिका वडा नं. १४ थसिखेल बस्ने वर्ष ३१ र खोटाङ जिल्ला घर भई हाल ललितपुर महानगरपालिका वडा नं. १५ सातदोबाटो बस्ने वर्ष ३४ की महिला पनि कोरोना पोजिटिभ देखिएको छ । दुवै जना अल्का हस्पिटलका स्वास्थ्यकर्मी रहेको स्वास्थ्य कार्यालय ललितपुरले बताएको छ ।
आज थपिएका संक्रमितमा गोदावरी नगरपालिका वडा नं. ११ चापागाउँका ६६ वर्षिय पुरुष, महालक्ष्मी नगरपलिका वडा नं. ८ लुभुका २३ वर्षको महिला पनि रहेका छन् । ती २३ वर्षिय महिला ज्वरो आई बयोधा हस्पिटलमा चेकजाँच गराउदा कोरोना पुष्टि भएको हो । ललितपुर महानगरपालिका वडा नं. २३ हात्तीवनका २४ वर्षिय महिला पनि कोरोना पुष्टि भएको छ । उनी क्यान्सर हस्पिटलका स्वास्थ्यकर्मी रहेका छन् ।
सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । केहीलाई पाटन हस्पिटलको कोभिड वाडमा भर्ना गरिएको छ । केहीलाई होम क्वारिन्टिनमा बस्न आग्रह गरिएको गेलालले बताए । लकडाउन खुकुलो भएसँगै मनिसहरुको आवतजावत बढेकोले संक्रमितहरु बढेको उनको दाबी छ ।
