कोरोनाबाट विश्वभर ५ लाख १८ हजार बढीले ज्यान गुमाए, १ करोड ८ लाख संक्रमित

कोरोना भाइरसको संक्रमणबाट विहीबारसम्म विश्वभरमा पाँच लाखभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार विश्वभर मृत्यु भएकाहरुको संख्या पाँच लाख १८ हजार ८ सय ४३ पुगेको छ । हालसम्म सङ्क्रमणमुक्त भएकाहरुको संख्या ५९ लाख ३८ हजार ५ सय ३० पुगेको छ भने कुल सङ्क्रमितको संख्या १ करोड ८ लाख १ हजार ८ सय ४१ पुगेको छ । संसारभरका २ सय १५ मुलुकमा कोरोना भाइरस देखिएको छ । पछिल्लो २४ घण्टामा संसारभर १ लाख ९५ हजार ७ सय ८९ जना संक्रमित थपिएका छन् ।

कुल सङ्क्रमितहरूमध्ये सबैभन्दा धेरै संक्रमित अमेरिकामा रहेका छन् । यो समाचार तयार पार्दासम्म अमेरिकामा २७ लाख ७८ हजार १ सय ४३ जना सङ्क्रमित पुगेका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र ५० हजार २ सय ९० जना संक्रमित थपिएका छन् । कोरोना संक्रमणपछि अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३० हजार ७ सय ८८ पुगेको छ ।



कोरोनाबाट दोस्रो धेरै प्रभावित हुने देशमा अहिले ब्राजिल छ । केही समयअघिसम्म प्रभावितको सूचीमा पछाडि रहेको ब्राजिलमा अहिले तीव्र रुप्मा कोरोना संक्रमण फैलिएको छ । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा ४४ हजारभन्दा बढी संक्रमित थपिएका छन् । ब्राजिलमा हालसम्म १४ लाख ५३ हजार ३ सय ६९ जना सङ्क्रमित भएका छन् भने ६० हजार ७ सय १३ ले ज्यान गुमाएका छन् ।

त्यसैगरी तेस्रो धेरै प्रभावित भएको राष्ट्र रुसमा ६ लाख ५४ हजार ४ सय ५ जना सङ्क्रमित हुँदा ९ हजार ५ सय ३६ जनाको मृत्यु भएको छ । सङ्क्रमितहरुको संख्याका आधारमा चौथोमा भारत, पाँचौमा बेलायत, छैठौँमा स्पेन, सातौंमा पेरु, आठौँमा चिली, नवौँमा इटली र दशौँमा इरान रहेका छन् ।

भारतमा कोरोना संक्रमितको संख्या ६ लाख ५ हजार २ सय २० पुगेको छ । यस्तै भारतमा बिहीवार बिहानसम्म मृत्यु हुनेको संख्या १७ हजार ८ सय ४८ पुगेको छ भने पछिल्लो २४ घण्टामा १९ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

नेपालमा हालसम्म १४ हजार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या ४ हजार ६ सय ५६ पुगेको छ । संक्रमणबाट ३० जनाले ज्यान गुमाइसकेका छन् ।

सम्बन्धित समाचार