अभिनेता राजेश हमालका विषयमा आफूले दिएको अभिव्यक्तिले गलत अर्थ बुझिन गएको भन्दै कलाकार दीपाश्री निरौलाले हमालका फ्यानसँग माफी मागेकी छन् ।
आफ्नो फेसबुक वालमा लामो स्टाटस लेख्दै कलाकार निरौलाले भनेकी छन्, ‘हमालज्यू सुपरस्टार हुनुहुन्थ्यो, हुनुहुन्छ र पछिसम्म रहिरहनु हुनेछ। तर उहाँले महानायकको हिसाबमा चलचित्र क्षेत्रको पीडामा मलम पनि लगाउन सक्नुपर्छ नत्र त्यो पदमा शंका उत्पन्न हुन्छ पनि भन्न नपाइने गरेर उहाँलाइ भगवान् नै बनाउने पक्षमा म थिइनँ र छैन पनि। तथापि मेरो अभिव्यक्तिले उहाँ सुपरस्टार नै होइन भन्ने बुझिन गएकामा भने म सबै हमालज्यूका फ्यानहरूसँग माफी माग्दछु।’
उनले एक अन्तर्वार्ताका क्रममा अभिनेता हमालप्रति गरेको टिप्पणीले हमालका फ्यानको चित्त दुखेकामा माफी मागेको उल्लेख गरेकी छन् । तर कुन र कहिलेको अन्तर्वार्तामा भन्ने कुरा स्टाटसबाट खुल्दैन ।
हेरौँ उनको स्टाटस :
https://www.facebook.com/deepashree.niraula/posts/3260039970727110