स्रोत नखुलेको अवैध रकमसहित पाँचजना पक्राउ

स्रोत नखुलेको १६ लाख अवैध रकमसहित पर्सा र रौतहटबाट पाँच जना पक्राउ परेका छन्। स्रोत नखुलेको अबैध रकमसहित पर्साको बीरगञ्ज महानगरपालिका वडा नम्बर २४ रामगढवाबाट प्रहरीले चारजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ना.५१ प.२८०१ नम्बरको मोटरसाईकल चालक भारत बिहार रक्सौल थाना पन्टोका वडा नम्बर १७ बस्ने ३६ बर्षिय प्रमोद कुमार कलवार र बीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सिया बस्ने २९ बर्षिय सत्रुधन प्रसाद गुप्ता रहेका छन् ।

पक्राउ परेका दुबैजनाको साथबाट भारतबाट नेपालतर्फ आउदै गरेको अवस्थामा शँका लागि चेकजाँच गर्दा स्रोत नखुलेको ६ लाख रकम प्रहरीले बरामद गरेको छ । पक्राउ परेका उनीहरुको बारेमा अनुसन्धान गर्दै जानेक्रममा बाराको महागढीमाई नगरपालिका वडा नम्बर ३ घर भई हाल बीरगञ्ज ६ बस्ने ३७ वर्षीय अशोक कुमार साह र वडा नम्बर १५ भिष्वा बस्ने ५० बर्षिय भिखारी साह सोनारलाई पनि प्रहरीले पक्राउ गरेको हो ।



पक्राउ परेका चारैजनालाई अवैध वितिय कारोवार शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यस्तै रौतहटबाट स्रौत नखुलेको १० लाख रकमसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर नगरपालिका वडा नम्बर २ बस्ने वर्ष २३ को अभिनाश जैसवाल रहेका छन् । जैसवाललाई प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले गौर नगरपालिका वडा नम्बर २ महादेवपट्टी स्थित सडकमा चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो ।

बी आर ३० क्यु २५३३ नम्बरको भारतीय मोटरसाईकलमा आउदै गरेका जैसवालको साथबाट प्रहरीले स्रोत नखुलेको १० लाख एक हजार बरामद गरेको छ।पक्राउ परेका जैसवाललाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सम्बन्धित समाचार