प्रधानमन्त्रीले भेटे अनसनरत युवालाई, गरे यस्तो आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको सबल व्यवस्थापनको माग गर्दै अनसनरत युवालाई भेटेका छन् । प्रधानमन्त्री ओलीले आज ह्याम्स अस्पताल पुगेर ‘इनफ इज इनफ’ समूहका अनसनकारीको स्वास्थ्यावस्थाबारे जानकारी लिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत जानकारी गराए ।

भेटमा प्रधानमन्त्रीले सरकार कोभिड–१९ नियन्त्रण गर्न पारदर्शी ढङ्गले सक्रिय रहेको उल्लेख गरेका थिए । पाटन दरबार स्क्वायरमा गत सातादेखि अनसन बसेका युवाको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको थियो ।



ओलीले यस विषयमा सरकारको ध्यानाकर्षण भएकाले अनसन तोड्न आग्रह गरे ।

सम्बन्धित समाचार