कोरोना भाइरस अहिलेसम्मकै आक्रमक, एकै दिन भेटिए २ लाख ५ हजार संक्रमित

कोरोना भाइरसको संक्रमणबाट विश्वभर एकै दिन अहिलेसम्मकै सर्वाधिक २ लाख ५ हजारभन्दा बढी संक्रमित भएका छन् । शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ५ हजार ७४५ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड ९ लाख ८२ हजार २९९ पुगेको छ । विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ५ हजार ९० छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ९४७ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ६१ लाख ३९ हजार ६८६ पुगेको छ भने ४३ लाख १३ हजारभन्दा बढीको उपचार भइरहेको छ ।



कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९२ हजार ५६४ जनाको मृत्यु भएको छ । २४ लाख ४० हजार ६२५ जना संक्रमित भएकोमा १३ लाख ९७ हजार ५०६ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७१ हजार ९५६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३३ लाख ३ हजार ८१३ पुगेको छ । त्यसमध्ये १४ लाख ४९ हजार ५३८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ५८ हजार ८८९ जनाको मृत्यु भएको छ । २४ लाख १९ हजार ८४८ जना संक्रमित भएकोमा १६ लाख ८ हजार ९६६ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा ८८ हजार ९६५ जनाको मृत्यु भएको छ । २३ लाख ६२ हजार २१० जना संक्रमित भएकोमा १४ लाख ५९ हजार ६५१ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा १० हजार ६२२ जनाको ज्यान गएको छ भने ४ लाख ३४ हजार ४४२ संक्रमित छन् । संक्रमितमध्ये २ लाख ९ हजार ६१६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२६ जनाको मृत्यु भएको छ । ९ हजार ६४६ जना संक्रमित भएकोमा ८ हजार ६८७ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा भने १४ हजार ५ सय १९ जनामा संक्रमण देखिएकोमा ३१ जनाको निधन भैसकेको छ । ५ हजार ३ सय २० जना भने उपचारपछि निको भएका छन् ।

सम्बन्धित समाचार