डिप्रेसनमा रानी चटर्जी

भोजपुरी अभिनेत्री रानी चटर्जी १५ वर्षको उमेरदेखि चलचित्र क्षेत्रमा काम गरिरहेकी छन् । रानीले आफू अहिले तनावमा रहेको बताइन् । रानीले इन्स्टा पोस्टमा नोट लेखेर मुम्बई पुलिससँग मद्दत मागेकी छन् । उनले आफूलाई एक व्यक्तिले दुव्र्यवहार गरिरहेको उल्लेख गर्दै लेखेकी छन्, ‘म धेरै डिप्रेसनमा छु ।

‘मजबुत र सकारात्मक बन्ने प्रयास गरे पनि सकिरहेको छैन । यो व्यक्तिले धेरै वर्षदेखि मेरो बारेमा फेसबुकमा घिनलाग्दा गाली गरिरहेका छन् । मैले इग्नोर गर्ने धेरै प्रयास गरेँ तर सकिरहेको छैन ।’



केही दिनअघि मात्र डिप्रेसनकै कारणले बलिउड अभिनेता सुशान्तले आत्महत्या गरेका थिए । उनले के कारणले आत्महत्या गरेका हुन् भन्ने कुरा पत्ता लगाउन पुलिसले विभिन्न बलिउडकर्मीहरुलाई बोलाई अनुसन्धान गरिरहेको छ । बलिउडका धेरै नायक नायिकाहरु डिप्रेसनको शिकार हुँदै आइरहेका छन् । बलिउड सिंगर हनि सिंह र प्रसिद्ध नायिका दिपीका पाडुकोण पनि डिप्रेसनको शिकार भएको जनाइएको छ ।

सम्बन्धित समाचार