कारभित्र यौन क्रियाकलापको भिडियो भाईरल भएसँगै युएनले निष्कासन गर्‍यो कर्मचारी

यो संसारमा अनेक हर्कत गर्छन् मान्छेहरु । अब सुन्ने र देख्नेलाई हर कुनै चिज ‘ए ! सामान्य हो’ भन्ने स्थिती आईसक्यो । पछिल्लो एक घटनाले यो कुरा पुष्टि गर्छ कि मानिसले यौनलाई कति हलुका गरी लिईरहेका छन् । सोच्नुहोस् त ! मानिसले सयुक्त राष्ट्रसंघ (युएन) को जागिरका लागि कति मरिहत्ते गर्छन् । राम्रो कमाई, जनसम्पर्क, विभिन्न देशहरुको भ्रमण, सेवा सुविधा लगायतका कारण सयुक्त राष्ट्रसंघको जागिर एउटा सम्मानजनक जागिर हो । तर ईजरायलमा कार्यालयको गाडीभित्र यौन क्रियाकलाप गरेको एउटा भिडियो क्लिप्स बाहिरीएपछि संयुक्त राष्ट्रसघंले आफ्ना दुई कर्मचारीलाई निलम्बन गरेको छ । भिडियो १८ सेकेण्डको छ । उनीहर सवार कार गुडिरहेको छ । भिडियो खिचिएको समयमा यो कार जाममा फसेजस्तो देखिन्छ ।

तेल अभिभस्थित समुद्री तटनजिक एउटा मुख्य सडकमा राष्ट्रसंघको चिह्न अङ्कित गाडीभित्र ती दुई जनाको क्रियाकलाप खिचिएको थियो । भिडियोमा रातो वान पिसमा एक युवती छिन् । सिटमा पुरुष बसिरहेका छन् । उनी पुरुषमाथि बसेर यस्तो हर्कत गरिरहेकी छिन् । उनीहरु कारको पछिल्लो सिटमा हुन्छन् । वारीपट्टीबाट खिचिएको यो भिडियोमा उनीहरु यौनिक मुद्रामा बसेको देखिन्छ ।



सामाजिक सञ्जालमा उनीहरुको हर्कत र यूएनको गाडी समावेश भिडियो भाईरल बन्न थालेपछि राष्ट्रसघंले त्यसबारे अनुसन्धान सुरु गरेको थियो । राष्ट्रसङ्घीय महासचिवका प्रवक्ता स्टेफन ड्यूजरिकले उक्त भिडिओ फुटेजबाट आफू स्तब्ध भएको बताए । उनले भनेका छन् ‘यस्तो हर्कतबाट म अचम्मित परेको छु ।’

राष्ट्रसङ्घका अनुसार भिडिओमा देखिएका व्यक्तिहरू इजराइलस्थित राष्ट्रसङ्घीय शान्तिसेनाको मिशन यूएनटीएसओमा कार्यरत भएको टुङ्गो लागेको छ । उनीहरु सैन्य पर्यवेक्षणका लागि खटिएका अन्तर्राष्ट्रिय कर्मचारी हुन् । उनीहरू घटनाबारे अनुसन्धान सम्पन्न नहुँदासम्मका लागि बेतलबी बिदामा बस्ने गरी निलम्बनमा परेका छन् । प्रवक्ता ड्यूजरिकले बीबीसीसँग कुरा गर्दै अन्तर्राष्ट्रिय कर्मचारीबाट अपेक्षा गरिने आचरण पालना नभएको गम्भीर आरोप लागेको हुनाले उक्त कारबाही उचित रहेको बताए ।

आफ्ना कर्मचारीहरूद्वारा गरिने अनुचित यौनिक गतिविधिविरुद्ध राष्ट्रसङ्घको कडा नीति छ । नियम उल्लङ्घन गर्न कर्मचारीलाई राष्ट्रसंघले अनुशासनको कारबाही गर्न सक्छ । त्यस्ता कर्मचारीलाई राष्ट्रसङ्घीय शान्ति स्थापनाको काममा प्रतिबन्धित वा फिर्ता गरिनसक्छ । तर थप अनुशासन वा कानुनी कारबाही गर्ने जिम्मेवारी ती कर्मचारीको देशको हुन्छ । शान्ति स्थापक र अन्य कर्मचारी गलत यौनिक गतिविधिमा संलग्न भएको आरोपमा राष्ट्रसंघले लामो समयदेखि छानबिन गर्दै आएको छ । पछिल्ला दिनहरूमा त्यस्ता आरोपका घटना निरन्तर हुने गरेका छन् ।

एउटा प्रतिवेदनअनुसार सन् २०१९ मा राष्ट्रसङ्घका कर्मचारीविरुद्ध १७५ वटा यौन शोषण र दुर्व्यवहारका आरोप लागेको थियो । तीमध्ये १६ वटा पुष्टि भएका छन् भने १५ वटा पुष्टि हुन सकेनन् । अन्यमा अनुसन्धान चलिरहेको छ ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले राष्ट्रसङ्घभित्र अनुचित यौनिक क्रियाकलापविरुद्ध शून्य सहनशीलताको नीति छ । (बिबिसीबाट)

सम्बन्धित समाचार