तपस्वी बम्जनविरुद्ध कैद सजाय माग गर्दै अदालतमा मुद्धा दर्ता

सर्लाही जिल्ला सरकारी वकिलको कार्यालयले बलात्कारको आरोप लागेका तपस्वी रामबहादुर बम्जनविरुद्ध १४ वर्ष कैद सजायको माग गर्दै अदालतमा मुद्धा दर्ता गरेको छ ।

सर्लाही प्रहरीले हद म्यादका कारण आरोप बम्जनलाई पक्राउ नगरि अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । बम्जनविरुद्ध एक १५ वर्षीय किशोरीले बलात्कारको आरोप लगाएकी थिइन् ।



सिन्धुलीमा आश्रम बनाएर बसिरहेका बम्जनलाई प्रहरीले दुईपटक पक्राउ गर्ने प्रयास गरेपनि सफल नभएको जनाएको छ ।

सम्बन्धित समाचार