शिर्ष नेताहरुलाई आपसी समझदारीद्वारा अघि बढ्न दबाब दिन धुम्बाराहीमा युवा नेताको धर्ना

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा आन्तरिक विवादमा फसेपछि विवाद समाधान गर्न शीर्ष तह छलफलमा जुटेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । छलफलमा दुई नेताबीच पार्टी एकताको मर्म अनुसार अघि बढ्ने समझदारी भएको छ ।

बालुवाटारको बैठकअघि नेकपाका दोस्रो पुस्ताका नेताहरूले पार्टी एकतालाई बचाएर लैजान नेताहरूमाथि दबाब सिर्जना गरेका थिए । बालुवाटारमा अध्यक्षद्वयको वार्ता चलिरहेको समयमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा युवा नेताहरूले मिल्नका लागि दबाब दिएका छन् । केन्द्रीय सदस्यहरू डा। विजय पौडेल, जगन्नाथ खतिवडा, हिमाल शर्मा, रामकुमारी झाँक्री, युवा संघका अध्यक्ष दीपशिखा लगायतका नेताहरू धुम्बाराहीमा भेला भएर धर्नामा बसेका हुन् ।



शनिवार बस्ने स्थायी कमिटीको बैठकअघि नै सहमतिका लागि अधिकतम पहल गर्ने नेताहरूले बताउँदै आएका छन् । दोस्रो तहका नेताहरुले पनि विवादको हल खोज्न भन्दै सिंगो पार्टीलाई बचाएर अघि बढाउन नेतृत्वलाई दबाब दिएका छन् ।

सम्बन्धित समाचार