काठमाडौंमा कोरोना संक्रमणबाट एक वृद्धको मृत्यु

कोरोना भाइरसका कारण राजधानी काठमाडौंमा पहिलो म‌ृत्यु भएको छ । काठमाडौंको बानेश्वरका एक ८५ वर्षीय वृद्धको मृत्यु भएको र मृत्युपछि भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यसअघि काठमाडौँको टिचिङ अस्पतालमा दुई जनाको निधन भए पनि उनीहरु काठमाडौँबाहिरका थिए ।

छाती दुख्ने र पिसाब कम हुने समस्या देखिएपछि उनलाई एक निजी अस्पतालमा आइसोलेसमा राखेर उपचार भइरहेको थियो । उच्च रक्तचाप र पार्किन्सन बिरामीसमेत रहेका ती वृद्धको असार १७ गते म‌ृत्यु भएको मन्त्रालयले जनाएको छ ।



नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ३२ जनाले ज्यान गुमाएका छन् । हालसम्म १५ हजार २ सय ५९ जना संक्रमित भएका छन् ।

सम्बन्धित समाचार