विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ११ लाख ९० हजार नाघेको छ । शुक्रबार एकै दिन २ लाख ८ हजार २७० जना संक्रमित भएका थिए । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड ११ लाख ९० हजार ६८० पुगेको हो । ६२ लाख ९७ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । निको हुनेको यो संख्या कुल संक्रमितको ५६ प्रतिशतभन्दा बढी हो ।
विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ५ हजार १३७ छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख २९ हजार ११३ पुगेको छ ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९३ हजार ७९ जनाको मृत्यु भएको छ । २४ लाख ५४ हजार ४४६ जना संक्रमित भएकोमा १४ लाख ११ हजार ३०४ जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७३ हजार ४७० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३३ लाख ७१ हजार ९१६ पुगेको छ । त्यसमध्ये १४ लाख ७५ हजार १११ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरूमा ५९ हजार ९०३ जनाको मृत्यु भएको छ । २४ लाख ७३ हजार ४४९ जना संक्रमित भएकोमा १६ लाख ५३ हजार ३०३ जना संक्रमणमुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरूमा ९० हजार ८६३ जनाको मृत्यु भएको छ । २४ लाख २० हजार ४६७ जना संक्रमित भएकोमा १५ लाख ६४१ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरूमा १० हजार ९२० जनाको ज्यान गएको छ भने ४ लाख ५० हजार ६५८ संक्रमित छन् । संक्रमितमध्ये २ लाख १७ हजार ७०५ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२६ जनाको मृत्यु भएको छ । ९ हजार ८९७ जना संक्रमित भएकोमा ८ हजार ९१६ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा भने १५ हजार २५९ जनामा संक्रमण देखिएकोमा ३२ जनाको निधन भैसकेको छ । ६ हजार १४३ जना भने उपचारपछि निको भएका छन् ।